जनवरी ०२६ मा नेपालमा बाह्य पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि

आइतबार, १९ माघ, २०८२
डिजिटल संस्करण

सन् २०२६ को जनवरीमा नेपालमा बाह्य पर्यटक आगमनमा १५.७ प्रतिशतले वृद्धि भएकाे छ।  नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ९२ हजार ५७३ बाह्य पर्यटक नेपाल आएका हुन्।

यो संख्या सन् ०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो। साथै, कोभिड–१९ महामारीपूर्व सन् ०१९ को जनवरी महिनासँग तुलना गर्दा पनि आगमन १४ प्रतिशतले उच्च रहेको बोर्डले जनाएको छ।

जनवरीको तथ्यांकअनुसार नेपाल आउने पर्यटकमध्ये भारत पहिलो स्थानमा छ। भारतबाट  भारतबाट: २६ हजार ६२४ (२८.८%) पर्यटक आएका छन्। त्यस्तै चीनबाट: ९ हजार १०१ (९.८%), अमेरिकाबाट ८ हजार ४०६ (९.१%), बंगलादेशबाट ५ हजार ८१४ (६.३%)र अस्ट्रेलियाबाट ४ हजार ९५७ (५.४%)
पर्यटक आएका छन्। 

क्षेत्रगत आधारमा आगमन

क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली (सार्क) मुलुकबाट सबैभन्दा बढी ३९.३ प्रतिशत पर्यटक नेपाल आएका छन्।

अन्य एसियाली देश: २६.१%, युरोपबाट १२.३%, अमेरिका क्षेत्रबाट १०.८%, ओसियानिया: ५.७%, मध्यपूर्वबाट १.०%, अफ्रिकाबाट ०.४% र अन्य क्षेत्रबाट ४.५%
पर्यटक आएका छन्। 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले जनवरी ०२६ को तथ्यांकले अन्तर्राष्ट्रिय बजारमा नेपालप्रतिको विश्वास क्रमशः बलियो बन्दै गएको संकेत गरेको बताए। उनका अनुसार गन्तव्य प्रवर्द्धन, हवाई सम्पर्क विस्तार, साहसिक तथा सांस्कृतिक पर्यटनप्रतिको आकर्षणजस्ता कारणले पर्यटक आगमन बढेको हो।

See More On

सुझावित समाचार