नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। उदयपुर सिमेन्ट कम्पनीको महाप्रबन्धक हुँदा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
दुई वर्षअघि पनि उनीविरुद्ध आयोगले मुद्दा दायर गरेको थियो। जसमा उनले सफाइ पाएका थिए। सफाइ पाएका पौडेल गत भदौमा पुनर्बिमा कम्पनीमा नियुक्त भएका हुन्। मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका छन्।
पौडेलसहित उदयपुर सिमेन्टकै नवलकिशोर साहलगायत आठजनाविरुद्ध मुद्दा दायर भएको विशेष अदालतका अधिकृत नवराज सापकोटाले बताए।