स्थानीय तहमा जलवायु परिवर्तन अनुकूलन र लैङ्गिक समानता तथा समावेशीकरण संस्थागत गर्न युवाको नेतृत्व, अनुभव र सिकाइलाई साझा गर्ने उद्देश्यले युथ सिम्पोजियम २०२६ आयोजना गरिएको छ। दलित लाइभ्स म्याटर ग्लोबल अलायन्स, नेपाल युवा संस्था सञ्जाल (आयोन) तथा ब्रिटिश काउन्सिलको साझेदारीमा युथ सिम्पोजियम २०२६ सम्पन्न भएको हो।
सिम्पोजियमा मधेश र लुम्बिनी प्रदेशमा मानवअधिकार तथा जलवायु परिवर्तनको क्षेत्रमा बहस, वकालत तथा पैरवी गरिरहेका संस्थाका प्रतिनिधिले आफ्ना अनुभव, उपलब्धि, चुनौती तथा अवसर साझा गरेका थिए। सो क्रममा स्थानीय सरकारले समावेशी नीति, योजना र बजेटमा समावेश गर्नुपर्ने गतिविधि र पहल तथा समावेशीकरण प्रवर्द्धन गर्न युवा, नागरिक समाज तथा तीनै तहका सरकारले निर्वाह गर्नुपर्ने भूमिकाबारे अन्तर्क्रिया गरियो।
2026-01-29-06-30-34.jpeg)
अन्तर्क्रियामा सरकारले दलित तथा सीमान्तकृत समुदायको प्रतिरोधको सम्बोधन गर्न नीति निर्माण प्रक्रियामा उनीहरूको प्रतिनिधित्व र सहभागिता सुनिश्चत गर्नुपर्ने सुझाव दिइएको छ। साथै नागरिक समाज पनि गोलबद्ध भई सीमान्तकृत तथा बहिष्कृत समुदायसँग हातेमालो गर्नुको विकल्प नरहेको दलित लाइभ्स म्याटरका वृद्धिका सेञ्च्युरीले बताइन्।
सो निष्कर्षलाई राष्ट्रिय युवा परिषद्ले सकारात्मक रूपमा लिएको र अब बन्ने नयाँ युथ भिजनमा समावेश गर्न सहयोगी हुने गेहनाथ गौतमले प्रतिबद्धता जाहेर गरे।
2026-01-29-06-31-04.jpeg)
कार्यक्रममा जलवायु परिवर्तन, लैङ्गिक समानता र समावेशीकरण र जातीय विभेदसम्बन्धी युवाकेन्द्रित स्थानीय नीति, कार्यक्रम तथा बजेटको अवस्था, चुनौती र अवसरबारे मधेश र लुम्बिनी प्रदेशका १० जिल्लामा गरिएको अध्ययन प्रतिवदेन पनि सार्वजनिक गरिएको छ।
प्रतिवेदनमा स्थानीय सरकारका दस्तावेज, योजना र बजेटमा युवाकेन्द्रित नीतिले प्राथमिकता नपाएको तथा संवैधानिक व्यवस्थालाई व्यावहारिक रूपमा कानून बनाएरै कार्यान्वयन नगरिएको पाइएको उल्लेख छ। त्यसैले समुदायस्तरमा जलवायु परिवर्तनका प्रतिकूल प्रभाव परे पनि प्रभाव न्युनीकरण तथा अनुकूलनका लागि ज्ञान, सीप र श्रोतमा पहुँच नभएको पनि प्रतिवेदनमा उल्लेख छ।
2026-01-29-06-30-14.jpeg)