२१ व्यक्ति तथा निकायलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
आचारसंहिता पालनाका निर्वाचन आयोगले सक्रियता बढाएको छ।
आचारसंहिता लागू भएको १० दिनको अवधिमा आयोगले १५ व्यक्ति, एक पार्टी र ५ वटा सरकारी निकायसँगलाई स्पष्टीकरण सोधेको छ। आयोगले बुधबार मात्र जनमत पार्टीका अध्यक्ष चन्द्रप्रकाश(सिके) राउत, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खगेन्द्र सुनार तथा गतिशित लोकतान्त्रिक पार्टीकी उम्मेदवार निशा अधिकारीसँग स्पष्टीकरण मागेको छ।
यसअघि रास्वपाका वरिष्ठ नेता बालेन शाह, एमाले सचिव महेश बस्नेत, कोशीका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, नेकपाका नेता शक्ति बस्नेतलगायतसँग स्पष्टीकरण सोधेको थियो ।
नलिन्चोक हेलिपोर्टमा भ्रष्टाचारः विशेष अदालतको आदेशमा असन्तुष्टि जनाउँदै अख्तियार सर्वोच्चमा
नलिन्चोकको हेलिपोर्ट निर्माणमा भएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा बिशेष अदालतको आदेशमा असन्तुष्टि जनाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वाेच्च अदालत गएको छ। मुद्दाका प्रतिवादीहरू नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक मुरारी भण्डारी र उप–प्रबन्धक नलविक्रम थापालाई न्यूनतम धरौटीमा छाडेको भन्दै अख्तियारले त्यसविरुद्ध सर्वाेच्च अदालतमा बेरितको निवेदन दर्ता गरेको छ।
गगनलाई सघाउन सांसद उम्मेवारसहित गोडैताका चार वडाध्यक्ष कांग्रेसमा प्रवेश
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेपछि विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर चलेको छ । कांग्रेस उम्मेदवार थापालाई सघाउनका लागि सर्लाही क्षेत्र नम्बर ४ का प्रदेश सांंसद उम्मेवारदेखि गोडैता नगरपालिकाका चार वडाका वडाध्यक्ष कांग्रेसमा प्रवेश गरेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ। बुधबार राष्ट्रपति भेट्न प्रधानमन्त्री कार्की शीतलनिवास पुगेकी थिइन् । १० बजे शीतलनिवास पुगेकी कार्कीले करिब आधा घण्टा राष्ट्रपतिसँग छलफल गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
हिमपातले बाजुराको जनजीवन प्रभावित, किसान उत्साही
बाजुराका उच्च भेगमा पुनः हिमपात भएको छ। सदरमुकाम मार्तडीका उच्च स्थानसहित जिल्लाका विभिन्न क्षेत्रमा मंगलबार साँझदेखि हिमपात भइरहेको छ।
त्रिवेणी नगरपालिका, गौमूल गाउँपालिका, बडिमालिका नगरपालिका, बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका, खप्तड छेडेदहलगायत ठाउँका उच्च भेगमा हिमपात जारी छ।
२३ भदौको घटनामा केपी ओलीको दाबीः बालबालिकाहरूलाई घेरेर गोली चलाउने ठाउँमा पुर्याइएको थियो
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २३ भदौका भएको जेन-जी आन्दोलनमा भएको दमनको आफ्नो कुनै भूमिका नभएको प्रस्टीकरण दिएका छन् । योजनाबद्ध रुपमा बालबालिकालाई संसद् भवन घेर्न लगेर कानुनले स्वतः गोली चलाउने आदेश दिन अवस्थामा पुर्याइएको उनको दाबी छ ।
राष्ट्रिय जनमोर्चाले सार्वजनिक गर्यो चुनावी घोषणापत्र
राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको मुद्दालाई निरन्तरता दिँदै प्रतिनिधिसभाको निर्वाचनका लागि घोषणापत्र जारी गरेको छ । बुधबार बुटवलमा पत्रकार सम्मेलनमार्फत् सार्वजनिक घोषणापत्रमा गणतन्त्रको रक्षा र संघीयता खारेजीलाई मुख्य नाराको रूपमा उठान गरिएको छ।
पूर्व-पश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा वर्षाका कारण बाटो हिलो र चिप्लो हुँदा सवारीसाधन अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दाउन्नेको घिउ खोलादेखि विश्वकर्मा मन्दिरसम्मको बाटो एकतर्फी भएको हो।
विप्लव नेतृत्वको माओवादीका ढकालसहितका नेता कार्यकर्ता नेकपा प्रवेश
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)का संयोजक चिरञ्जीवी ढकाल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमबिच नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले ढकालसहितका नेता–कार्यकर्तालाई पार्टीमा स्वागत गरेका हुन्। ढकाल फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (माओवादी)को तर्फबाट काठमाडौं– ६ का उम्मेदवार हुन्।
प्रतिनिधिसभा निर्वाचन : मत परिवर्तन हुँदा पुरानालाई सकस, नयाँलाई अवसर
उदयपुर जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई पदका लागि ३१ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । आ–आफ्ना दलका नीति–कार्यक्रम र व्यक्तिगत विकासे योजनाको सूची बोकेर उम्मेदवारहरू मत माग्दै जनताको घर–घर पुगिरहेका छन् । सबै उम्मेदवारले जितको दाबी गरिरहेका वेला मतदातामा भने पुराना दलप्रति असन्तुष्टि र नयाँ दलप्रति अविश्वास छ। जसबाट उदयपुरमा प्रश्नचिह्न खडा भएको छ । जुन प्रतिनिधिसभा क्षेत्र १ मा नेपाली कांग्रेसको विरासत जोगिन्छ कि जोगिँदैन ? र क्षेत्र २ मा कम्युनिस्ट किल्ला कायम रहन्छ कि भत्किन्छ ?