पूर्व-पश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा वर्षाका कारण बाटो हिलो र चिप्लो हुँदा सवारीसाधन अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दाउन्नेको घिउ खोलादेखि विश्वकर्मा मन्दिरसम्मको बाटो एकतर्फी भएको हो।
अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। सामान्य वर्षा र शीतलहरले पनि दाउन्ने सडक अवरुद्ध हुँदै आएको छ।