नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले केही निर्वाचन क्षेत्रमा तालमेल गर्ने सहमति गरेका छन्। जसअनुसार एमालेले रुकुम पश्चिम र रुकुम पूर्वमा प्रलोपाका उम्मेदवारलाई मतदान गर्ने भएका छन्।
प्रलोपाबाट रुकुम पश्चिममा जनार्दन शर्मा र रुकुम पूर्वमा सन्दीप पुनलाई एमालेले सघाउने भएको छ ।
दुई पार्टीबिच आइतबार तीनबुँदे सहमति भएको हो । त्यस्तै, कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लाहरू र पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा प्रलोपाले एमालेका उम्मेदवारलाई सघाउने भएको छ । सहमतिपत्रमा एमालेको तर्फबाट उपाध्यक्ष रामबहादुर थापा र प्रलोपाबाट अध्यक्ष दुर्गा सोबले हस्ताक्षर गरेका छन्।