नक्कली हतियारसहित कोटेश्वरबाट दुईजना पक्राउ

आइतबार, ११ माघ, २०८२
डिजिटल संस्करण

काठमाडौं महानगरपालिका– ३२, कोटेश्वरबाट नक्कली हतियारसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले झापा घर भई काठमाडौं– ३२, कोटेश्वर बस्ने २८ वर्षीय किरण घिमिरे र अछाम घर भई जडीबुटी बस्ने कुमार लोहारलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट ३०३ राइफलजस्तो देखिने डमी हतियार एक थान, कटुवा पेस्तोलजस्तो देखिने डमी हतियार दुई थान, खुकुरीजस्तो फलामले बनेको हतियार दुई थान र मोटरसाइकल एक थान बरामद भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार सिसिटिभी फुटेजको आधारमा अनुसन्धान गरी घिमिरेलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा काठमाडौं– ३२ स्थित सांस्कृतिक नृत्यकला केन्द्रमा लुकाइछिपाइ राखेको अवस्थामा हतियार फेला परेको र घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।

सुझावित समाचार