सामाजिक सञ्जालमार्फत हुने भ्रामक प्रचार रोक्न साइबर ब्युरोलाई सक्रिय बनाइने

बिहिबार, ८ माघ, २०८२
डिजिटल संस्करण

निर्वाचनमा सामाजिक सञ्जालमार्फत हुने भ्रामक प्रचार रोक्न प्रत्येक जिल्लामा खडा गरिएको साइबर ब्युरोलाई जतिसक्दो चाँडो सक्रिय तुल्याउने गृह मन्त्रालयको तयारी छ ।

ब्युरोले भ्रामक सूचना पहिचान गर्ने, घटनाको अनुसन्धान गर्ने र दोषीलाई कारबाही गर्ने गृहको भनाइ छ । यसले उम्मेदवारबिच स्वस्थ प्रतिस्पर्धा बढाउने र सम्भावित दुर्घटना रोक्ने गृहको विश्वास छ ।

‘सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचना ठुलो चुनौती बनेको छ । यसको पहिचान, घटनाको अनुसन्धान र दोषीलाई कारबाही गर्न प्रत्येक जिल्लामा साइबर ब्युरो खडा गरिएका छन्,’ गृहप्रवक्ता आनन्द काफ्लेले भने, ‘ब्युरोलाई जतिसक्दो छिटो काममा लाग्न भनेका छौँ । यसले भ्रामक सूचना रोक्नेछ । उम्मेदवारबिचको प्रतिस्पर्धा स्वस्थ बनाउनेछ । र, सम्भावित दुर्घटना टर्नेछ ।’

सुझावित समाचार