इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापनाको नवौँ वार्षिकोत्सव सामाजिक कार्य गरी मनाएको छ । गैँडाकोट, नवलपरासीमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले देवघाटस्थित देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई फलफूल वितरण, भोजन गराउनुका साथै आर्थिक सहयोग प्रदान गरेको हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्ञानिश्वर पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विभागका विभागीय प्रमुखहरू, केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी तथा उक्त वृद्धाश्रमका व्यवस्थापन तथा वृद्धवृद्धाको उपस्थिति थियो ।