नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरू कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले यस्तो बताएका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कांग्रेसले पनि मंगलबार देशैभरिबाट उम्मेदवारी दर्ता गरेको छ । सभापति थापाले सर्लाही ३ बाट उम्मेदवारी दिएका छन् । उम्मेदवारीको भोलिपल्ट उनले सामाजिक सञ्जालमार्फत यस्तो शन्देश प्रवाह गरेका हुन् ।