फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सल्यानमा दुई स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी परेको छ। १४ राजनीतिक दल र दुई स्वतन्त्र व्यक्तिले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ।
कार्यालयका अनुसार नेपाल मजदुर किसान पार्टीका लालबहादुर थापा, नेकपा (माओवादी) चन्द्रबहादुर खड्का, राप्रपाबाट अनिषा नेपाली, नेसनल रिपब्लिक नेपालका डिल्लीबहादुर घर्ती, प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्तोषकुमार राई, आम जनता पार्टीका मानसिंह कामीले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत प्रसादकुमार योगीले जानकारी दिए ।
यस्तै, एमालेका गुलाबजंग शाह, नेपाली कम्युनिस्ट पार्टीका रमेशकुमार मल्ल, नेपाली कांग्रेसका केशबहादुर विष्ट, संयुक्त नागरिक पार्टीका कालीदास विक, राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्द, राष्ट्रिय जनमोर्चा पार्टीकी कमला डाँगी, मंगोल नेसनल अर्गनाइजेसनका बालसिंह घर्ती, जनसंस्कृतिक पार्टीका धनबहादुर बुढामगर रहेका छन्। स्वतन्त्रबाट ध्रुवराज वली र जुद्धबहादुर सिंहको उम्मेदवारी परेको योगीले बताए ।