कास्की क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको उम्मेदवारको विरुद्ध बागी उम्मेदवारी परेको छ । कांग्रेसले ५८ वर्षका माधवप्रसाद बाँस्तोलालाई उम्मेदवार बनाएकोमा पार्टीको निर्णयविरुद्ध नेविसंघको राजनीतिमा सक्रिय निर्दोषविक्रम पौडेलले बागी उम्मेदवारी दर्ता गरेका हुन् । बागी उम्मेदवारी दिएका पौडेल नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यसँगै नेपाल विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पस मूल इकाइ समितिका सभापति हुन् ।
२६ वर्षका पौडेलले उम्मेदवारी दर्ता गर्नुअघि आफ्नो फेसबुकमा ‘व्यापारीलाई टिकट दिनलाई र त्यही पुराना मान्छेलाई टिकट दिनलाई आफ्नो सिर्फ हस्ताक्षर चलाउनका लागि मात्रै देश र कांग्रेसलाई यो भड्खालोमा हालेको हो ?’ ‘रुपान्तरण पुस्तान्तरणको रमिता यसैका लागि मात्रै हो ? तपाईंहरू र पुरानो नेतृत्वमा फरक के भयो त ?’ परिवर्तन केन्द्रमा मात्रै चाहिएको हो कि देशभरका क्षेत्रहरूमा चाहिएको हो ? भनी प्रश्न गरेका छन् ।
कास्की २ मा विभिन्न दलका १२ र पाँच स्वतन्त्र गरी १७ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।