सिराहा–२ मा जेन–जी अगुवादेखि संविधानसभा सदस्यसम्मको उम्मेदवारी दर्ता

मंगलबार, ६ माघ, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार सिराहा–२ मा जेन–जी आन्दोलनका अगुवादेखि संविधानसभा सदस्यसहित २९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

धनगढीमाईस्थित निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर २ का सहायक निर्वाचन अधिकृत रणजितकुमार यादवका अनुसार बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टीसहित १४ दल र १५ जना स्वतन्त्र गरी २९ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसबाट संविधानसभा सदस्य तथा पार्टी जिल्ला सभापति रामचन्द्र यादव, एमालेका नवीनकुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका शिवशंकर यादव उम्मेदबार छन्। शिवशंकर जेन–जी आन्दोलनका अगुवा तथा मधेश प्रदेश संयोजक हुन्। 

यस्तै, नेपाली कम्युनिस्ट पार्टीका मुक्तिनारायण सिंह, जनमत पार्टीका विनोदकुमार यादव, जनता समाजावादी पार्टी नेपालका संजीवकुमार यादव, उज्यालो नेपाल पार्टीका ललितकुमार सिंह, आम जनता पार्टीका बिल्टु यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामकिशोर साह हलुवाई, नेमकिपाका राजकुमार पासमान, राष्ट्रिय मुक्ति पार्टी नेपाल कौशलकुमार सिंह, श्रम संस्कृति पार्टीका गंगाराम ठाकुरलगायत १४ पार्टीबाट उम्मेदवार बनेका छन्। उनका अनुसार तीन महिलासहित १५ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। 
 

सुझावित समाचार