भारतले निर्वाचनका लागि ६५० वटा गाडी सहयोग गर्ने भएको छ। त्यसमध्ये केही गाडी मंगलबार काठमाडौंस्थित भारतीय दूतावासले गृह मन्त्रालयलाई हस्तान्तरण गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा भएको कार्यक्रममा गाडी हस्तान्तरण भएको हो। यसमध्ये धेरै गाडी सुरक्षा निकायलाई दिने तयारी छ।