जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ डा. बबीसिंह यादवले सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छिन्।
मंगलबार उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराएकी हुन्। राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय डा. यादव मधेशका अनुभवी नेता मृगेन्द्रकुमार सिंहकी छोरी हुन् भने मधेशी एकता समाजका अध्यक्ष रवीन्द्रकुमार यादवकी श्रीमतीसमेत हुन्।