नेपाली कम्युनिस्ट पार्टी (नेकपा)दार्चुलाबाट लक्ष्मणदत्त जोशीले उम्मेदवारी दर्ता गराएका छन् । दार्चुलाले २०६४ सालका संविधानसभामा सदस्यमा निर्वाचित जोशी दोस्रोपटक उम्मेदवार बनेका हुन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार जोशीले १२ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरे ।
पहिलो संविधानसभा सदस्यमा निर्वाचित भएपछि दोस्रोपटक उम्मेदवार बन्ने अवसर नपाएका जोशीले अठार वर्षपछि नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बन्ने अवसर पाएका हुन्। पार्टीका केन्द्रीय सदस्यसमेत रहेका जोशी महाकाली नगरपालिका–५ का बासिन्दा हुन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीले ललितसिह ठगुन्ना प्रविणलाई उम्मेदवार बनाएको थियो ।
यस्तै २०७४ सालमा नेकपा एमाले र २०७९ सालमा नेपाली काग्रेंस सँग गठबन्धन भएका कारण नेकपा माओवादीले केन्द्रीय उम्मेदवार पाएको थिएन् । दार्चुलामा नेकपा माओवादीले हालको नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिन्हमा नौ वर्षपछि भोट हाल्न पाउने भएका छन् ।