कैलाली ५ बाट चन्द बने रास्वपाको उम्मेदवार

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कैलाली क्षेत्र नम्बर ५ बाट आनन्दबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बैतडीमा जन्मिएका चन्द प्राध्यापन पेसाबाट राजनीतिमा आएका हुन्।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चन्दले जैविक रसायनशास्त्रमा विद्यावारिधि गरेका छन्। चन्दको परिवारको बसोबास धनगढी उपमहानगरपालिका– ८ मा छ। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी र प्रमुख व्यापारिक केन्द्र धनगढी पर्ने क्षेत्र नम्बर ५ मा एक लाख १० हजार ६ सय मतदाता छन्।

यो क्षेत्रमा नेकपा एमालेले जिल्ला अध्यक्ष यज्ञराज ढुंगाना तथा नेपाली कम्युनिस्ट पार्टीले प्रेम आलेलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारको टिकट दिएको छ। नेपाली कांग्रेसले भने उम्मेदवारको टुंगाे लगाइसकेको छैन।

सुझावित समाचार