नेपाली कांग्रेसको दुवै पक्षका नेताहरू निर्वाचन आयोगको गेटमा जम्मा भएका छन्। आयोगले पार्टीको आधिकारिताको विषयमा आजै निर्णय सुनाउन सक्ने आकलनमा नेता–कार्यकर्ताहरू जम्मा भएका हुन्।
गगन थापा पक्षका नेताहरू गेटअगाडिको सडकमा धर्ना बसेका छन्। जसकारण जमलबाट केशलमहलतर्फ जाने बाटो बन्द गरिएको छ। त्यस्तै, शेरबहादुर देउवा पक्षका नेताहरू पनि आयोगको गेटमा भेला भएका छन्।
एक पक्षले विशेष महाधिवेशन बोलाएर गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेपछि विवाद चर्किएको हो। देउवा पक्षले अवै रूपमा विशेष महाधिवेशन आयोजना भएकाले त्यसको अर्थ नरहेको दाबी गरेको छ। कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विधानविपरीत आयोगले निर्णय गरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
गगन थापा पक्षले भने बहुमत महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा उपस्थित रहेकाले यसको निर्णय वैधानिक रहेको दाबी गरेको छ।
शुक्रबार दुवै पक्षका नेता आयोग पुगेर आ–आफ्नो प्रमाण बुझाएका छन्। ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता भएकाले आयोगले विवादमा शीघ्र निर्णय दिनुपर्ने दबाब छ। निर्वाचन आयोगमा ठुलो संख्यामा सुरक्षाकर्मी राखेर उच्च सतर्कता अपनाइएको छ।