केही व्यक्ति विशेष महाधिवेशनको नाममा पार्टीको अनुशासनबाहिर गए, यो मान्य हुँदैन : पूर्णबहादुर खड्का

शुक्रबार, २ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको नाममा पार्टीभित्रका केही मान्छे अनुशासनबाहिर गएको आरोप लगाएका छन्। पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै उनले महाधिवेशन र विशेष महाधिवेशन गर्ने अधिकार पार्टीको केन्द्रीय समितिलाई मात्र भएको भन्दै उनले विधानविपरीत विशेष महाधिवेशन गराएर आधिकारिक पार्टी हामी हौँ भन्दै केही व्यक्ति  निर्वाचन आयोगमा पुगेको आफूले सञ्चारमाध्यमबाट थाहा पाएको बताए ।

त्यो कुरा थाहा पाएपछि केन्द्रीय कार्यसमतिको सिंगो टिम गएर शुक्रबार आयोगको ध्यानाकर्षण गराएको उनले बताए । उनले सभापति, महामन्त्री वा अन्य कुनै पनि व्यक्तिले विशेष महाधिवेशन बोलाउने नीति कांग्रेसको विधानमा नभएकाले यो अवैधानिक भएको उनको ठहर छ ।

केन्द्रीय कार्यसमितिलाई थाहा नदिई गरिएको विशेष महाधिवेशन कसरी संस्थागत हुन्छ भनेर प्रश्न गरे । 
 

सुझावित समाचार