सर्लाहीको बलरा नगरपालिकाका मेयरसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बुधबार, ३० पुष, २०८२
डिजिटल संस्करण

सर्लाहीको बलरा नगरपालिकाका मेयरसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। खेलौना बनाउने तालिमका नाममा चार लाख भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर भएको हो। 

मेयर रामाशंकरप्रसाद कुसवाह, वडा नम्बर ५ का अध्यक्ष मनोजमोहनकुमार सिंह, नगरपालिकाका प्रशासकीय अधिकृत सुशीलकुमार शाह र राजकुमार महतो, योजना शाखा प्रमुख उदयकुमार साह, शान्ति विकास कल्याण केन्द्र गौरका सविन्द्रनारायण साह, सदस्य कुमार पासवान र जाजुल मियाँ कवारीविरुद्ध मुद्दा दायर गरिएको छ। तालिम नै नदिई नक्कली बिल बनाएर बजेट हिनामिना गरेको देखिएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताए। 

सुझावित समाचार