निर्वाचन सम्पन्न गर्न कांग्रेसले आफ्नो भूमिका निर्वाह गर्छ : गगन थापा

सोमबार, २८ पुष, २०८२
डिजिटल संस्करण
निर्वाचन सम्पन्न गर्न कांग्रेसले आफ्नो भूमिका निर्वाह गर्छ : गगन थापा

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले तोकेकै मितिमा निर्वाचनलाई सम्पन्न गर्न सहयोग गर्ने बताएका छन्।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रमा सोमबार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री थापाले फागुन २१ मै निर्वाचन गर्न कांग्रेसले आफ्नो भूमिका निर्वाह गर्ने बताएका हुन्।

‘नेपाली कांग्रेस पार्टी फागुन २१ गतेको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित हुनुपर्छ भन्ने मान्यता राख्छ । र भव्यताका साथ नेपाली कांग्रेस पार्टीले यो निर्वाचनलाई सफल बनाउने कुरामा आफ्नो भूमिका निर्वाह गर्छ,’ थापाले भने।

सुझावित समाचार