रास्वपा झापाका नेतासँग छलफलपछि बालेनले लेखे– हामी आउँदै छौँ

आइतबार, २७ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवार रहेका बालेन शाहले झापाबाट चुनाव लड्ने संकेत दिएका छन्। आइतबार रास्वपा झापाका नेताहरूसँग उनले छलफल गरेका छन्। आइतबार नै उनले फेसबुकमा लेखेका छन्– शुभकामना सबैलाई !! हामी आउँदै छौँ।

झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट उनी चुनाव लड्ने चर्चा छ। रास्वपा झापाका एक नेताका अनुसार झापाबाट चुनाव लड्नेमा उनी सकारात्मक छन्। 

आइतबार ललितपुरमा भएको छलफलमा बालेनले झापाको अवस्थाबारे छलफल गरेका थिए। 

सुझावित समाचार