नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विशेष महाधिवेशनस्थल भृकुटीमण्डप पुगेका छन्। आमा र बुबासँग आशीर्वाद लिएर उनी विशेष महाधिवेशनस्थल पुगेका हुन्।
आमबुबासँगको तस्बिर राख्दै उनले फेसबुकमा लेखेका छन्– यहाँहरूको माया अनि आमाबुबाको आशीर्वाद लिएर आउँदै छु।
महामन्त्री थापाकै पहलमा आजदेखि कांग्रेसको विशेष महाधिवेशन सुरु भएको छ।