कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाम दर्ता जारी

आइतबार, २७ पुष, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै प्रतिनिधिहरूले नाम दर्ता गराउने क्रम तीव्र बनेको छ। विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा प्रदेशअनुसार महाधिवेशन प्रतिनिधिहरूको नाम संकलन भइरहेको छ।

हालसम्म ४८८ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराइसकेका छन्। प्रदेशगत विवरणअनुसार कोशी प्रदेशबाट ८३, मधेशबाट ८२, बागमतीबाट ६२, गण्डकीबाट ८०, लुम्बिनीबाट सबैभन्दा धेरै १२२, सुदूरपश्चिमबाट ३० तथा भ्रातृ संगठन, शुभेच्छुक र जनसम्पर्क समितिबाट २९ जना प्रतिनिधि दर्ता भएका छन्।

नेपाली कांग्रेसमा कुल चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन्। गत असोज २९ गते ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको औपचारिक माग दर्ता गरिएको थियो।

संस्थापन पक्षले उक्त मागलाई बेवास्ता गरेपछि पार्टीका दुई महामन्त्रीले विशेष महाधिवेशन आह्वान गरेका हुन्। आयोजक पक्षले विशेष महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता सुनिश्चित हुने दाबी गरेको छ।
 

सुझावित समाचार