गौशालाबाट मयुर यातायातको बसमा पकेट मार्ने चारजना प्रहरी नियन्त्रणमा

बिहिबार, २४ पुष, २०८२
डिजिटल संस्करण

काठमाडाैंकाे गौशालाबाट मयुर यातायातको बसमा पकेट मार्ने चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बागलुङ घर भई काठमाडौं मित्रनगर बस्ने ३७ वर्षीय दीपेन्द्र शर्माले पकेट मारी भएको भनी दिएको निवेदनका आधारमा अनुसन्धान गर्दा प्रहरीले चारजनालाई नियन्त्रणमा लिन सफल भएको हो ।

बुधबार  ११ बजे शर्माले बोकेको कालो रङको साइट ब्यागमा राखेको नगद दुई लाख ७५ हजार रुपैयाँ हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए । निवेदनपछि प्रहरीले उपलब्ध स्राेतसाधन र प्रविधिको प्रयोग गरी बुधबार साँझ ५ बजे सोही कार्यमा संलग्न चारजनालाई  पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३७ वर्षीय सरोज खड्का, ४२ वर्षीय विकाश लामा, ३३ वर्षीय राजु गुरुङ र ३३ वर्षीय सुवास मगर रहेका छन् । पक्राउ परेका उनीहरूको साथबाट नगदसहित अन्य सामग्रीसमेत फेला पारेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 

सुझावित समाचार