पञ्जीकरण विभाग र सामाजिक सुरक्षा कोषबिच समझदारी

बिहिबार, २४ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र सामाजिक सुरक्षा कोषबिच समझदारी भएको छ । दुवै पक्षबिच राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीका विद्युतीय सेवा प्रयोग गर्ने सम्बन्धमा समझदारी भएको हो ।

सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र विभागका महानिर्देशक नमराज घिमिरेले हस्ताक्षर गरेका हुन् । यसअनुसार अब कोषले योगदानकर्तालाई सामाजिक सुरक्षा नम्बर जारी गर्ने, विवरण अद्यावधिक गर्ने तथा सेवाप्रवाह गर्नुअघि लाभग्राहीको पहिचान प्रमाणीकरण गर्दा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमार्फत उपलब्ध हुने विद्युतीय सेवा प्रयोग गर्न सक्नेछ । 

सुझावित समाचार