पुराना दल र नेतालाई कटाक्ष गरेर समय खेर नफालौँ : सभापति लामिछाने

सोमबार, २१ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब नयाँ नेपालको नक्सा कोर्नुपर्ने भन्दै पुराना दल र नेतालाई कटाक्ष गरेर समय खेर नफाल्न पार्टीका नेता-कार्यकर्तालाई आग्रह गरेका छन्।

सोमबार पार्टीको बृहत् राजनीतिक समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले अपदस्त भएकाहरूलाई मानमर्दन गरेर समय खेर नफाल्न आग्रह गरेका हुन्।

‘अब हामी फरक जिम्मेवारीमा छौँ। हामीले मुलुकको भविष्यको जिम्मेवारी लिनुपर्ने भएकाले अब पुराना दलहरूलाई वा पुराना दलका नेता-कार्यकर्तालाई कटाक्ष गर्न बन्द गर्नुपर्छ। हामीले अब नयाँ नेपालको नक्सा कोर्ने हो, समृद्धिको बाटो पहिल्याउने हो। हामीले कल्पना गरेको समाजको चित्र कोर्ने हो। हामी त्यतातिर व्यस्त हुनुपर्छ। हामी शक्तिशाली भयौँ भनेर अपदस्त भएका मानिसहरूलाई मानमर्दन गर्ने कामबाट बाहिर निस्कनुपर्छ,’ उनले भने।
 

सुझावित समाचार