गैँडाकोटमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण

नवलपुरको गैँडाकोटमा आज बिहान ट्रकको ठक्करबाट एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । दुर्घटनामा परी गैँडाकोट– ५ निवासी अन्दाजी ८२ वर्षीय पुरुष यमनाथ पौडेलकाे मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैँडाकोट– ५ बुद्धमार्ग चोकमा ग.१ख ६६०५ नम्बरको ट्रकले पैदलयात्री पौडेललाई ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर चितवन लगिएकोमा उनको उपचारको क्रममा बिहान ८ बजेतिर मृत्यु भएको हो । ठक्कर दिने ट्रक र ट्रकचालक प्रहरी नियन्त्रणमा रहेका छन् । 

तीन घाइते

त्यसैगरी, नवलपुरको गैँडाकोट- ८ विजय चोकमा भएको अर्को दुर्घटनामा तीनजना घाइते भएका छन् । ना.२ह ४०५० नम्बरको अटो र प्रदेश २–०३–००२ प ३१९३ नम्बरको मोटरसाइकल ठक्कर खाँदा  तीनजना घाइते भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

दुर्घटनामा परी अटोचालक गैंँडाकोट नगरपालिका– ७ बस्ने वर्ष ५२ को धनबहादुर कुमाल, मोटरसाइकलचालक रौतहट जिल्लाको कटरिया नगरपालिका– ६ निवासी २० वर्षीय अनिल साहानी र मोटरसाइकलपछाडि सवार सर्लाही जिल्लाको बरथवा नगरपालिका– ११ निवासी २० वर्षीय दिलीपकुमार यादव घाइते भएका छन्।

उनीहरूलाई उपचारका लागि चिवतन मेडिकल कलेज भरतपुर पठाइएको छ । गैँडाकोट क्षेत्रमा दैनिकजसो सवारी दुर्घटना हुने गरेका छन् ।

See More On

सुझावित समाचार