भेनेजुएलामा अमेरिकाको आक्रमण, राष्ट्रपति मदुरोलाई पक्राउ गरिएको ट्रम्पको दाबी
अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरेको छ। त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई समेत पक्राउ गरिएको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकाले ठुलो आक्रमण गरेर मदुरोदम्पतीलाई पक्राउ गरेको दाबी गरेका हुन्। अमेरिकी सञ्चारमाध्यमले डेल्टा फोर्सले मदुरोलाई पक्राउ गरेको उल्लेख गरेका छन्। यद्यपि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
कांग्रेस नेता एवं पूर्वमन्त्री खड्का रास्वपामा, एकैदिन गण्डकीमा दुई हजार एक सयजना रास्वपा प्रवेश
नेपाली कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका नेता कुमार खड्का पार्टी परित्याग गरी शनिबारदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। पोखरा महानगरपालिका–१६ घर भएका खड्का ०७४ सालको निर्वाचनपछि समानुपातिक कोटामार्फत गण्डकी प्रदेश सभा सदस्य बनेका थिए।
सागरनाथ वन परियोजनाका चौकीदारको बीभत्स हत्या
सर्लाहीको इश्वरपुर नगरपालिकामा रहेको सारनाथ वन परियोजनाका चौकीदारको बीभत्स हत्या भएको छ । इश्वरपुर नगरपालिका–२, राईटरखोर निवासी ४७ वर्षीय रामईश्वर महतोको शुक्रबार बीभत्स हत्या भएको हो । सागरनाथ वन परियोजनाको चौकीदार महतोको घाँटी काटेर टाउको छुट्याएको अवस्थामा १० नम्बर प्लट नजिकै शव फेला परेको प्रहरीले जनाएको छ ।
२१ फागुनमा निर्वाचन हुँदैन कि भनेर शंका गर्नुपर्ने आवश्यक छैन : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी २१ फागुनमा घोषित प्रतिनिधिसभा सदस्य हुँदैन कि भनेर शंका गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । शनिबार संखुवासभा सदरमुकाम खाँदबारीमा प्रेस सेन्टरद्वारा आयोजित पत्रकार सम्मेलनमा संयोजक प्रचण्डले सबै दल निर्वाचनका लागि तयार भइसकेकाले घोषित मितिमा निर्वाचन नहुने हो कि भनेर शंका गर्न आवश्यक नरहेको बताएका हुन्।
एकैदिन काठमाडौंको ४ ठाउँबाट ३४ लाखबराबरको चोरी
एकैदिन काठमाडौंका विभिन्न चार स्थानमा चोरी भएका छन्। शुक्रबार भएको घटनामा ३४ लाखबराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ। चन्द्रागिरी नगरपालिका–१४, बाइछाप डेरा गरी बस्ने ३४ वर्षीया काजल बोगटीको कोठाबाट नगद, सुन तथा चाँदीका विभिन्न गरगहनासमेत गरी करिब १८ लाख ७७ हजारबराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ।
प्रतिनिधिसभा निर्वाचन : झापा–५ बाट केपी शर्मा ओलीको एकल उम्मेदवार सिफारिस
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल रूपमा सिफारिस गरिएको छ। शनिबार सम्पन्न क्षेत्रीय समन्वय समितिको बैठकले ओलीलाई झापा–५ बाट सर्वसम्मत उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको हो। जिल्ला कमिटीका सचिव तुलसी कार्कीका अनुसार बैठकले कुनै वैकल्पिक नाम प्रस्ताव नगरी ओलीकै नाम एकल रूपमा सिफारिस गरेको हो।
चुरे क्षेत्रको गाउँमा जंगली हात्तीको तोडफोड, पाँच घरमा क्षति
चुरे क्षेत्रमा पर्ने सिराहाको लहान नगरपालिका १६ आरिदमार गाउँमा शुक्रबार राति चारवटा जंगली हात्तीको समूहले तोडफोड गरेको छ । खाना खाइवरी सुत्ने तर्खर गरिरहेका बेला राति करिब ९ बजेतिर एक्कासि समूहमा आएको जंगली हात्तीले स्थानीय पाँचजनाको घर तोडफोड गरेको छ । लहान १६ का वडाध्यक्ष गडुलबहादुर जर्घामगरका अनुसार हात्तीको समूहले स्थानीय भुपाल मगर, जालबहादुर थापा, भक्तबहादुर नामजाली, रामबहादुर मगर, गोपाल थापामगरको घर तोडफोड गरी अन्नपात खानुका साथै करेसाबारीमा लगाएको तरकारी बाली नष्ट गरेको छ ।
रास्वपाको समानुपातिक सूचीबाट आशिफ शाह बाहिरिए
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्द सूचीमा रहेका आशिफ शाहले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्। उनले जनताको भावना र पार्टीभित्र उठेका आवाजलाई सम्मान गर्दै सूचीबाट पछि हट्ने निर्णय लिएको बताएका छन्। शनिबार बिहान सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै साहले आफू सक्रिय राजनीतिमा नलागे पनि देश निर्माणप्रति गहिरो चासो रहेको उल्लेख गरेका छन्।
रौतहटकी १४ वर्षीया बालिका १७ दिनदेखि बेपत्ता, भगाएको आशंकापछि युवाका बुबा र साथी प्रहरीको नियन्त्रणमा
रौतहट दुर्गाभगवती गाउँपालिका–४ छतौनाकी १४ बर्षीया बालिकालाई भगाएपछि प्रहरीले घटनामा संलग्न युवाका बुबा रामाज्ञा राय यादवलाई नियन्त्रणमा लिएको छ । घटनाका मतियार रौतहट दुर्गाभगवती गापाकै राजेश यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
शुक्लाफाँटा स्थानीय सरकारद्वारा एमबिबिएसमा छात्रवृत्ति
कञ्चनपुरको एक स्थानीय सरकारले चिकित्सा शिक्षा(एमबिबिएस) अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । जिल्लाको मध्य भूगोलमा रहेको शुक्लाफाँटा नगरपालिकाले एकीकृत प्रवेश परीक्षा (एमबिबिएस) उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।