एकैदिन काठमाडौंका विभिन्न चार स्थानमा चोरी भएका छन्। शुक्रबार भएको घटनामा ३४ लाखबराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।
चन्द्रागिरी नगरपालिका–१४, बाइछाप डेरा गरी बस्ने ३४ वर्षीया काजल बोगटीको कोठाबाट नगद, सुन तथा चाँदीका विभिन्न गरगहनासमेत गरी करिब १८ लाख ७७ हजारबराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ।
काठमाडौं महानगरपालिका–१५, इनार चोक डेरा गरी बस्ने बिमला परियारको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहनासमेत गरी करिब १० लाखबराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ।
त्यस्तै, तारकेश्वर नगरपालिका–१०, मनमैँजु डेरा गरी बस्ने काभ्रे घर भएका ३३ वर्षीय सुजन तामाङको कोठाबाट सुनको औँठी १ थान, ल्यापटप १ थान, ल्यापटपको हार्ड ड्राइभ २ थान र नगदसमेत गरी करिब २ लाख ६ हजारबराबरको धनमाल शुक्रबार साँझ चोरी भएको छ ।
यसैगरी, तारकेश्वर नगरपालिका–११, नेपालटार डेरा गरी बस्ने नुवाकोट घर भएकी ४२ वर्षीया हेमाकुमारी खड्काको कोठाबाट सुनको सिक्री, चाँदीको सित्री र नगदलगायतका सरसामान गरी करिब ३ लाख २४ हजारबराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ।