एनभिए भलिबल च्याम्पियनसिप : एपिएफलाई हराउँदै रुकुम पश्चिम सेमिफाइनलमा

शुक्रबार, १८ पुष, २०८२
डिजिटल संस्करण

एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा हराउँदै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले पुरुषतर्फ सेमिफाइनल स्थान गरेको छ । पाकिस्तानी खेलाडीको साथ पाएको रुकुम पश्चिम बिहीबार भएको खेलमा पहिलो सेटमा पछि परेको थियो । त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै बलियो एपिएफलाई निराश बनाउँदै रुकुम पश्चिमले अन्तिम चारको स्थान पक्का गरेको हो । रुकुम पश्चिम २२–२५, २५–२०, २५–१६ र २५–२० ले विजयी भयो । एपिएफले पहिलो सेटपछि गतिलो प्रदर्शन गर्न सकेन । 

पुरुषतर्फ नेपाल पुलिस क्लब पनि अन्तिम चारमा पुगेको छ । कोशी प्रदेश भलिबल संघलाई ३–० को सेटमा हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो । कोशीविरुद्ध पुलिस २५–१९, २५–१७ र २५–१८ को सेटमा विजयी भयो । फाइनल प्रवेशको खेलमा पुलिसले साबिक विजेता हेल्प नेपाल स्पोर्टस् क्लबको सामना गर्नेछ । पुरुषतर्फको पहिलो क्वार्टरफाइनलमा हेल्प नेपालले बुढानीलकण्ठ भलिबल क्लबलाई ३–० को‌ सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । तीनवटै सेटमा हेल्प नेपालले उत्कृष्ट प्रदर्शन ग¥यो । 

सेमिफाइनल समीकरण पूरा
दोस्रो सेटमा बुढानीलकण्ठले हेल्प नेपाललाई चुनौती दिएको थियो । तर, आफ्नै गल्तीका कारण बुढानीलकण्ठले हेल्प नेपाललाई दोस्रो सेटमा पाखा लगाउन सकेन । यसैगरी, पुरुषतर्फ त्रिभुवन आर्मीले पनि अन्तिम चारमा स्थान पक्का गरेको छ । आर्मीले खिल्जी युवा क्लबलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

 राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा पुरुषतर्फका अन्तिम क्वार्टरफाइनलमा आर्मीले खिल्जीलाई २५–१८, २५–१७ र २५–१५ ले निराश बनायो । यस नतिजासँगै सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको पुरुषतर्फको पहिलो क्वार्टरफाइनल खेल शुक्रबार हेल्प नेपाल र नेपाल पुलिसबिच हुनेछ । आर्मीले रुकुम पश्चिमविरुद्ध फाइनल प्रतिस्पर्धाका लागि खेल्नेछ ।

सुझावित समाचार