जेन–जी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिसम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्ती रमेश लेखकको बयान सकेको छ। बयान सकिएसँगै आयोगले उनको स्थानहद फुकुवा गरेको छ।
आयोगको बिहीबारको बैठकले उनको स्थानहद फुकुवा गरेको हो। बयानका लागि गत १२ असोजमा उनलाई स्थानहद लगाइएको थियो। सोमबारदेखि आयोगले लेखकको बयान लिएको हो। २३ भदौमा जेन-जीहरूको आन्दोलनमा प्रहरी दमन हुँदा लेखक नै गृहमन्त्री थिए। दमनमा उनको मुख्य भूमिका रहेकाले कारबाहीको माग सहिद परिवार तथा जेन-जी अगुवाले राख्दै आएका छन्।
लेखकको बयान सकिएसँगै अब तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानमा बोलाउने आयोगको तयारी छ। बिहीबार सञ्चारकर्मीसँग बोल्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले ओलीलाई बयानमा बोलाउने तयारी भइरहेको जानकारी दिए। ओलीले भने बयान नदिने धम्की दिँदै आएका छन्।