पर्यटकको अनलाइन ट्र्याकिङ प्रणाली सुरु

बिहिबार, १७ पुष, २०८२
डिजिटल संस्करण

विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली १ जनवरी २०२६ देखि नेपालमा लागू भएको छ। गृहमन्त्री ओमप्रकाश अर्याल र नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीको उपस्थितिमा अध्यागमन विभागले प्रणाली सुरु गरेको हो।

यो प्रणाली दुई चरणमा लागू गरिनेछ। पहिलो चरणमा काठमाडौं उपत्यकाका तारे होटेलमा र दोस्रो चरणमा १ मार्च २०२६ देखि देशभरिका तारे होटेल, वायुसेवा कम्पनी, टुर्स एन्ड ट्राभल कम्पनी तथा मनी एक्स्चेन्जमा अनिवार्य लागू हुनेछ।

सिस्टमले विदेशी नागरिकको बसोबास र गतिविधि अभिलेख राखेर सुरक्षा, आपतकालीन उद्धार, अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

सुझावित समाचार