सुशासन मार्गचित्र तयार गर्न प्रधानमन्त्रीले गठन गरिन् उच्चस्तरीय समिति

बुधबार, १६ पुष, २०८२
डिजिटल संस्करण

सुशासन मार्गचित्र (गुड गभर्नेन्स ब्लु प्रिन्ट) तयार गर्न प्रधानमन्त्री सुशीला कार्कीले उच्चस्तरीय समिति गठन गरेकी छिन् । सोमबार कार्कीले यससम्बन्धी निर्णय गरेकी हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शासकीय महाशाखा हेर्ने सचिवको संयोजकत्वमा समिति गठन भएको छ । अर्थ, गृहलगायतका मन्त्रालयका सचिवसहित १४ सदस्यीय यो समितिलाई दुई महिनाभित्र सुशासनको मार्गचित्रसहित प्रतिवेदन तयार गरेर बुझाउने कार्यादेश दिइएको छ ।

तीनै तहका सरकारी निकाय र सार्वजनिक संस्थानमा भ्रष्टाचार हुन सक्ने क्रियाकलाप, क्षेत्र, कारण आदिको पहिचान गर्ने, सार्वजनिक सेवा प्रवाह गर्ने तीनै तहका सार्वजनिक निकायसँग सम्बन्धित कानुनी, नीतिगत, संस्थागत, जनशक्ति, प्रक्रियागत व्यवस्था, सोको कार्यान्वयनको अवस्था र समस्याको पहिचान गर्ने, सेवा प्रवाहमा सरलीकरण एकद्वार सेवा केन्द्र, विद्युतीय सुशासनको अवलम्बन, खुला सरकार, कार्य प्रक्रियाको पुन: इन्जिनियरिङलगायतबाट सेवाको लागत र समय घटाउने, सार्वजनिक सेवालाई अनुमानयोग्य बनाउने र सेवाको गुणस्तर अभिवृद्धि गर्न गर्नुपर्ने क्रियाकलापका सम्बन्धमा सुझाव दिनेलगायतको कार्यादेश समितिलाई तोकिएको छ ।

See More On

सुझावित समाचार