प्रधानमन्त्रीलाई झुक्याएर हस्ताक्षर गराउने श्रमसचिवको सरुवा

सोमबार, १४ पुष, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्कीलाई झुक्याएर वैदेशिक रोजगारीमा जाने कामदारहरूको स्वास्थ्य परीक्षणसम्बन्धी शुल्क वृद्धिको निर्णय गराएको आरोप लागेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्करको सरुवा भएको छ। उनलाई सरुवा गरेर उपराष्ट्रपति कार्यालय पठाइएको छ। 

सचिव पुष्करले व्यवसायीहरूसँग मिलेर कामदारहरूमाथि आर्थिक भार पर्ने निर्णय गराउँदै आएको आरोप छ। गत ३० कात्तिकमा उनले स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूको सूचीकरण तथा नवीकरणसम्बन्धी विषय भन्दै शुल्कबृद्धिमा पनि प्रधानमन्त्री कार्कीलाई हस्ताक्षर गराएका थिए। सचिवले झुक्याएर सो निर्णय गराएको खुलेपछि गत ४ पुसमा सो निर्णय खारेज भइसकेको छ। जस प्रकरणमा उनीमाथि छानबिनसमेत भइरहेको स्रोत बताउँछ। श्रमसचिवमा राष्ट्रपति कार्यालयमा कार्यरत दीपक काफ्लेलाई जिम्मेवारी दिइएको छ। 

सुझावित समाचार