रेणु र प्रदीप यादवद्वारा उपेन्द्र यादवसँग एकता

सोमबार, १४ पुष, २०८२
डिजिटल संस्करण

जनता समाजवादी पार्टीका नेताद्वय रेणुकुमारी यादव र प्रदीप यादवले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग एकता गरेका छन्। सोमबार एकताका लागि उनीहरूले सहमतिमा हस्ताक्षर गरेका हुन्। 

सहमतिपत्रमा भनिएको छ,‘मिति २०८२ पुस १३ गते जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरूसहित जसपा, नेपाल पार्टीसँग एकीकरण गरियो।’ सहमतिपत्रमा उपेन्द्र यादव र रेणु यादवले हस्ताक्षर गरेका छन्। जसपा नेपालका बहुमत केन्द्रीय सदस्य एकतामा आउने दाबी गरिएको छ। 

सुझावित समाचार