एमाले सचिवालय बैठकको समय सर्‍यो

आइतबार, १३ पुष, २०८२
डिजिटल संस्करण

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकको समय सरेको छ । बिहान ११ बजेदेखिलाई तय भएको बैठक दिउँसो २ बजेलाई सारिएको एमाले सचिवालयले जनाएको छ ।

बैठकमा कार्यालय व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति र प्रधानमन्त्री-शीर्ष नेतासँगको बालुवाटार छलफलबारे अध्यक्ष केपी ओलीले बैठकमा जानकारी गराउने बताइएको छ । साथै, बैठकमा समानुपातिकका उम्मेदवारको अन्तिम सूची तयार गर्ने मुख्य एजेन्डा रहेको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको चुनावका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन आज र भोलि समय तोकेको छ ।

See More On

सुझावित समाचार