लुम्बिनी लायन्सले सेलिब्रेसनमा कन्सर्ट गर्ने

लुम्बिनीले सेलिब्रेसन टुरको अन्तिम दिन बुटवलमा भव्य कन्सर्ट गर्ने

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को विजेता लुम्बिनी लायन्सले च्याम्पियन्स ट्रफी सेलिब्रेसन कन्सर्ट आयोजना गर्ने भएको छ । लुम्बिनी प्रदेशमा च्याम्पियनसिप ट्रफी सेलिब्रेसन टुरमा रहेको लुम्बिनीले सेलिब्रेसन टुरको अन्तिम दिन १६ पुसमा भव्य कन्सर्ट गर्ने घोषणा गरेको हो । कन्सर्ट बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय कन्भेन्सन सेन्टरमा हुनेछ ।

च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुरअन्तर्गत लुम्बिनी प्रदेशका प्रत्येक जिल्लाका महत्वपूर्ण स्थान, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक धरोहरहरूको भ्रमण भइरहेको छ । लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले खेलाडीको मिहिनेत र समर्थकहरूको निरन्तर साथमा टोलीले उपाधि जितेको बताए ।

‘एनपिएलको सफलतामा आउनुहोस्, हामी सबै मिलेर यो विजय उत्सव भव्य तरिकाले मनाऔँ र यसलाई अझ गर्विलो क्षण बनाऔँ,’ जिसीले भने । च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर ५ पुसबाट बाँके र बर्दियाबाट सुरु भएको थियो । लुम्बिनी लायन्सले गत २७ मंसिरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । 

सुझावित समाचार