उम्मेदवार सिफारिसमा क्षेत्र र जिल्लाबाट नाम छुटाएपछि प्रदेशलाई गुहारे यादवले

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका युवानेता राकेश यादवले प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिसमा क्षेत्रीय समिति र जिल्ला कार्यसमितिले नाम छुटाएपछि प्रदेश सभापतिलाई निवेदन दिएका छन् । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न निवेदन दिँदासमेत नाम छुटाएपछि प्रदेश सभापति एवं मुख्यमन्त्री कृष्प्रसाद यादवलाई निवेदन दिएका हुन्। 

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिले आफ्नो सिफारिस नगरेपछि प्रदेश कार्यसमिति यादवलाई निवेदन दर्ता गराएको उनले बताए। उनले पुस ९ गतेको मितिमा सभापतिले निवेदनमाथि आफ्नो कारबाही अगाडि बढाई उम्मेदवारी सिफारिस गरेको उल्लेख गरे। 

युवा नेता यादवले गत मंसिर २२ मा क्षेत्रीय भेलामा र मंसिर २९ मा जिल्ला सभापति जनार्दनसिंह क्षेत्रीलाई नाम समावेश गर्न निवेदन दिएका थिए। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं निर्वतमान प्रतिनिधिसभा सदस्य अजयकुमार चौरसियाको दबाबमा नेता यादवको नाम नपठाइएको उनले बताए। पर्सा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ निवर्तमान प्रतिनिधिसभा सदस्य चौरसिया, राजेन्द्रबहादुर अमात्य र मदनप्रसाद यादवको नाम सिफारिस भएको छ। चौरसिया पूर्वमन्त्रीसमेत हुन्।
 

सुझावित समाचार