नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको नयाँ नेतृत्वले मात्रै पार्टीलाई चुनावमा लैजान सक्ने बताएका छन्।
बुधबार सानेपामा कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै थापाले नयाँ नेतृत्वसहित चुनावमा जान पार्टी सभापतिले नै पहल लिनुपर्ने प्रस्ट पारे।
सभापतिले नै पार्टीको सर्वोत्तम हितको बारेमा चिन्ता गर्नुपर्ने उल्लेख गर्दै थापाले भने, ‘नयाँ नेतृत्वले अब चुनाव हाँक्छ, किनकि त्यो नयाँ नेतृत्वले मात्र कांग्रेसको लागि चुनाव हाँक्न सक्छ भन्ने कुरा सभापतिको ठाउँबाट उहाँले भूमिका निर्वाह गर्नुहुन्छ भन्ने अपेक्षा पनि राख्छु।’