कमल थापाको नाम काठमाडौं ५ र बाँके २ बाट सिफारिस

मंगलबार, ८ पुष, २०८२
डिजिटल संस्करण

आउँदो फागुन २१ गते हुने निर्वाचनमा राप्रपा नेपालका अध्यक्ष कमल थापाको नाम काठमाडौं ५ बाट एकल सिफारिस भएको छ । राप्रपा नेपाल काठमाडौं ५ को आज बसेको क्षेत्रीय कार्यसमितिको बैठकले थापाको नाम एकल सिफारिस गरेको क्षेत्रीय अध्यक्ष सन्तोष अधिकारीले जानकारी दिए ।

आजको बैठकबाट समानुपातिकमा जयकुमार खड्का, अर्जुन नेपाली र सुनिता कुरुङ्ग्वाङको नाम सिफारिस भएको छ । यसैगरी, आज नेपालगन्जमा बसेको पार्टी कमिटीले  बैठकले बाँके २ बाट थापाको नाम सर्वसम्मत सिफारिस भएको बाँके जिल्ला अध्यक्ष दीपेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उम्मेदवारहरूको नामावली सिफारिस देशव्यापी रूपमा भइरहेको पार्टी केन्द्रीय सचिवालयले जनाएको छ ।

सुझावित समाचार