रवि लामिछाने र बालेनबिच भेटवार्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबिच भेटवार्ता भएको छ । उनीहरूबिच सोमबार साँझ रास्वपा नेता असीम शाहको घरमा भेटवार्ता भएको हो ।
देउवा र ओलीबिच भेटवार्ता
नेकपा (एमाले)का अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ। महाराजगन्जस्थित देउवानिवासमा पूर्वप्रधानमन्त्रीद्वयबिच भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ। जेन–जी आन्दोलनपछि ओली र देउवाबिच अनौपचारिक संवाद भए पनि दोस्रोपटक औपचारिक भेटवार्ता भएको सार्वजनिक भएको हो। यसअघि देउवालाई भेट्न ओली गत १९ मंसिरमा पुगेका थिए।
मिराज ढुंगानासहितका युवाको माइतीघरमा प्रदर्शन, पाँचजना पक्राउ
सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा माइतीघरबाट पाँचजना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा रविकिरण हमालसमेत रहेका छन्।
विराटनगरका दुईवटा क्यासिनोमा प्रहरीको मध्यराति छापा : सञ्चालकसहित २० जना पक्राउ
विराटनगरका होटेलहरूमा सञ्चालन भइरहेका दुईवटा क्यासिनोमा प्रहरीले मध्यराति छापा मारेर २० जना नेपालीलाई नियन्त्रणमा लिएको छ । मोरङ प्रशासनको निर्देशनमा प्रहरीले आइतबार मध्यराति छापा मारेर दुई क्यासिनोका सञ्चालकसहित २० जना नेपालीलाई नियन्त्रणमा लिएको हो ।
नेप्सेसँगै कारोबार रकम पनि घट्यो
सोमबार पनि सेयरबजारमा गिरावट आएको छ। नेप्से परिसूचक १३.८८ अंक (०.५३ प्रतिशत)ले घटेर दुई हजार ५८१.२१ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५० प्रतिशतले घटेको छ।
केपी ओलीले लगाएको गुन तिर्न अदालत धाउँदै छुः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तारेख बुझ्न सोमबार जिल्ला अदालत, काठमाडौं गएका छन्। अदालतबाट फर्कने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले ‘केपी ओलीले लगाइदिएको गुन तिर्न’ आफू देशभरिका अदालत धाइरहेको बताए।
एमाले नेता महर एक लाख धरौटीमा रिहा, उनकी श्रीमती श्रेष्ठ पक्राउ
एमाले नेता ऐन महर एक लाख धरौटीमा छुटेका छन् । विद्युतीय करोबार ऐन, ०६३ को दफा ४७ अन्तर्गतको कसुर गरेको भन्दै महरविरुद्ध जिल्ला अदालत काठमाडौंले एक लाख धरौटी माग गरेको हो। काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले महर एक लाख धरौटी बुझाएर अदालतबाट रिहा भएको जानकारी दिए ।
सिराहा नगरपालिकाका ५० जना कर्मचारीको करार सम्झौता रद्द
सिराहा नगरपालिकाले विभिन्न पदमा कार्यरत ५० जना अस्थायी र करार सेवामा कार्यरत कर्मचारीको करार सम्झौता रद्द गरेको छ। नगरपालिकाले सार्वजनिक गरेको सूचीअनुसार सम्झौता रद्द हुनेमा मेडिकल अधिकृतदेखि कार्यालय सहयोगीसम्म रहेका छन्।
अस्तित्वमै नरहेको विद्यालयको भवन निर्माणको नाममा अनियमितता, चारजनालाई सजाय
अस्तित्वमै नरहेको विद्यालयको नाममा रकम निकासा गरी भ्रष्टाचार गरेको अभियोगमा चारजनालाई सजाय सुनाइएको छ। ६ महिनाअघि दायर रकम हिनामिनाको मुद्दामा विशेष अदालतले सोमबार फैसला गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १९ असारमा चारजनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेकोमा सबैमाथि कसूर कायमको फैसला भएको छ।
फागुनमा निर्वाचन गराउनुपर्ने संवैधानिक बाध्यता : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुनमा निर्वाचन गराउनै पर्ने संवैधानिक बाध्यता रहेको बताएकी छिन्। सोमबार सिंहदरबारमा भएको सर्वपक्षीय छलफलका क्रममा प्रधानमन्त्री कार्कीले संसद्को दुई अधिवेशनबिचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने प्रावधान उल्लेख गर्दै यस्तो बताएकी हुन्।