एमालेको मतगणना जारी : ओलीले ३३३ ल्याउँदा पोखरेलको ११०

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

निर्वाचन आयोगले प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ । आयोगका अनुसार अध्यक्षका उम्मेदवार केपी ओलीले ३३३ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११० मत प्राप्त गरेका छन्।

त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले २३९ र सुरेन्द्र पाण्डेले १९४ मत प्राप्त गरेका छन् ।

कसको मत कति ?

केपी ओली : ३३३
ईश्वर पोखरेल : ११०
 

उपाध्यक्ष
अरुण नेपाल : ७९
गुरुप्रसाद बराल : २४२
गोकर्णराज विष्ट : २५६
टंकप्रसाद कार्की  : ७५
पर्शुराम मेघी गुरुङ :  ८६
पृथ्वीसुब्बा गुरुङ :  ३५६
भीमप्रसाद आचार्य : ५१
रघुजी पन्त : २५३
रामबहादुर थापा बादल :  ३०९
विन्दा पाण्डे : १६९
विष्णुप्रसाद पौडेल : ३४९

महासचिव 
शंकर पोख्रेल :  २४९
सुरेन्द्र प्रसाद पाण्डे : १९४

उपमहासचिव
आनन्दप्रसाद पोख्रेल : १३३
योगेश भट्टराई : २६४
रघुवीर महासेठ : २६७
राजेन्द्रप्रसाद गौतम : ५५
लेखराज भट्ट : २९३
विष्णुप्रसाद रिमाल : २३०
वैजनाथ चौधरी : ९७

सचिव
अग्निप्रसाद खरेल : १३९
इन्द्रलाल साप्कोटा : ७४
कर्णबहादुर थापा : १६६
कृष्णगोपाल श्रेष्ठ : ११४
खगराज अधिकारी : २७९
गोकुलप्रसाद बाँस्कोटा : १९२
छविलाल विश्वकर्मा : ३११
ठाकुरप्रसाद गैरे : १७५
पद्माकुमारी अर्याल : ३०५
पुरुषाेत्तम पौडेल : ८६
पेम्वा लामा : ८५
भानुभक्त ढकाल : २२५
महेश बस्नेत : ३११
यमलाल कँडेल : २५९
रचना खड्का : १५९
राजन भट्टराई : २३५
लालबाबु पण्डित : १५०
विनोदप्रसाद ढकाल  : १४८
शेरधन राई : ३००
हिक्मतमार कार्की : २७४

सुझावित समाचार