अन्तरपालिकास्तरीय पुुरुष भलिबल प्रतियोगिताको उपाधि हतुवागढी गाउँपालिकालाई

शनिबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

धनकुटाको सहिदभूमि गाउँपालिका–२ को ढोलमुखामा सञ्चालित दोस्रो अन्तर पालिका स्तरीय पुुरुष भलिबल प्रतियोगिताको उपाधी हतुवागढी गाउँपालिका भोजपुरले हात पारेको छ। हतुवागढी गाउँपालिका भोजपुर र आमचोक  गाउँपालिका भोजपुर बीच आज भएको फाइनल खेलमा हतुवागढी गाउँपालिका भोजपुरले सोझो सेटमा जित हासिल गर्दै विजेता बनेको हो।

जसमा पहिलो सेट २५–२३, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले हतुवागढी गाउँपालिका भोजपुर विजयी बन्न सफल भएको हो । विजयी बनेसँगै हतुवागढी गाउँपालिकाले नगद एक लाख एक हजार एक सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र हात पारेको छ।आमचोक गाउँपालिका भोजपुरले भने उप–विजेतामा चित्त बुझाउँदै नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र हात पारेको छ। 

आज भएको फाइनल खेलको म्यान अफ दि म्याच हतुवागढी गाउँपालिका भोजपुरका प्रदिप कट्टेल घोषित भए । उनले नगद २ हजार मेडल र प्रमाण–पत्र प्राप्त गरे । सर्वोत्कृष्ट खेलाडी हतुवागढी गाउँपालिका भोजपुरका रविन गौतम घोषित भए । उनले नगद पाँच हजार मेडल र प्रमाण–पत्र प्राप्त गरे । यसैगरी बेष्ट स्पाइकरमा हतुवागढी भोजपुर राजकुमार तामाङ घोषित भए।तामाङले नगद २ हजार, मेडल र प्रमाण–पत्र प्राप्त गरे । वेष्ट सर्भर उप–विजेता टीम आमचोक गाउँपालिका भोजपुरका सन्देश विष्ट घोषित भए । विष्टले नगद २ हजार मेडल र प्रमाण–पत्र प्राप्त गरे । वेष्ट सेटरमा विजेता टीमका विशाल राई घोषित भए । राईले नगद २ हजार, मेडल र प्रमाण–पत्र प्राप्त गरे ।

वेष्ट मिडल ब्लकर विजेता टीमका एक्सन राई घोषित भए । उनले पनि नगद २ हजार मेडल र प्रमाण–पत्र प्राप्त गरे । त्यस्तै वेष्ट लिब्रो उप–विजेता टीमका सन्तोष राई घोषित भए । उनले नगद २ हजार मेडल र प्रमाण–पत्र प्राप्त गरे भने बेष्ट कोच विजेता हतुवागढी गाउँपालिका भोजपुरका महेश घिमिरे घोषित भए । उनले पनि नगद २ हजार मेडल र प्रमाण–पत्र प्राप्त गरे । विजेता तथा उपविजेता टीमलाई सहिदभूमि गाउँपालिका–२ का वडाध्यक्ष खगेन्द्र राई, खाल्साथुम छिन्ताङ युवा क्लबका निवर्तमान अध्यक्ष अनिश राई, संस्थापक अध्यक्ष बसन्त राई, क्लबका सल्लाहाकार राजकुमार राई (झगडे) लगायतले पुरस्कार वितरण गरेका थिए । 
 

सुझावित समाचार