काठमाडौं गोर्खाजका बलर साहब आलम चालू एनपिएलको सर्वाधिक विकेट लिने सूचीको तेस्रो स्थानमा उक्लेका छन् । लुम्बिनी लायन्सविरुद्धको इलिमिनेटर खेलमा उनले एक विकेट लिँदा तेस्रो स्थानमा पुगेका हुन् ।
समग्रमा उनले आठ खेलमा १३ विकेट हात पारेका छन् । उनले अहिलेसम्म काठमाडौंबाट २८ ओभर बलिङ गर्दै १७४ रन खर्चेका छन् । उनको उत्कृष्ट बलिङ प्रदर्शन ६/२५ हो । यसैगरी, लुम्बिनीका शेर मल्ल र काठमाडौंका कप्तान करण केसीले पनि समान १३ विकेट पुर्याएका छन् ।
तर, इकोनोमी बलिङका कारण साहब तेस्रो स्थानमा रहेका हुन् । शीर्ष स्थानमा सुदूरपश्चिमका अभिनाश बोहराले सर्वाधिक १६ विकेट हात पारेका छन् । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने १५ विकेटका साथ दोस्रो स्थानमा छन् ।