नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । बुधबार बिहान प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
शाक्यलाई उर्जामन्त्री कुलमाल घिसिङले असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट प्राधिकरणको जिम्मेवारीबाट हटाएर जल तथा ऊर्जा आयोगमा सरुवा गरेका थिए ।
त्यसलगत्तै प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका थिए ।सोही निर्णय कानुनविपरीत भएको भन्दै सर्वोच्च अदालतले सोमबार खारेज गरिदिएर शाक्यलाई नै प्राधिकरण सम्हाल्न आदेश दिएसँगै उनले आज पदभार ग्रहण गरेका हुन् ।