एनपिएल : सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’

सोमबार, २३ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाल प्रिमियर लिग (एनपिएल ) दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलले ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’ प्रदान गर्ने भएको छ ।

अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त काठमाडौंको थापागाउँ, बानेश्वरस्थित उक्त कलेजले प्रत्येक दिनको खेलमा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’ द्वारा सम्मान गरिने जनाएको छ।

प्रतियोगिताभर सर्वाधिक रन बनाउने एक खेलाडीले प्रतियोगिता समाप्त भएको दिन प्लाटिनम क्याप प्राप्त गर्ने कलेजका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए ।

क्यानसँगको सहकार्यमा प्रदान गरिने उक्त क्याप पाएका खेलाडीले आगामी खेलमा पनि सोही प्लाटिनम क्याप लगाएर मैदानमा उत्रिनेछन् ।

प्रतियोगिता दौरान सर्वाधिक रन बनाउने एडम रोसिङटन, मार्क वाट र रबि बोपाराले यो क्याप लगाएका थिए । हाल पोखरा एभेन्जर्सका विदेशी खेलाडी एडम रोसिंटन सर्वाधिक रन बनाउनेमा शीर्ष स्थानमा छन्, यसकारण उनी अहिले प्लाटिनम क्याप होल्डर छन्।

एनपिएलको सुरुवातदेखि नै अफिसियल एजुकेसन पार्टनर रहेको कलेजले एनपिएलको फाइनल खेलपछि सबैभन्दा बढी रन बनाउने खेलाडीलाई विशेष उपहार दिने योजना रहेको बताएको छ।

प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलले पछिल्लो १५ वर्षदेखि व्यवस्थापन तथा पाँच वर्षदेखि आइटी संकायमा स्नातक र स्नातकोत्तर तहको शिक्षा प्रदान गर्दै आएको छ।

खेलकुदले युवाको क्षमता र मनोबल बढाउने विश्वास राख्दै एनपिएलमा थप प्रेरणा जगाउने उद्देश्यले विशेष कार्यक्रम तथा पुरस्कार घोषणा गरिएको केसीले जानकारी दिए ।

सुझावित समाचार