२३ गते राष्ट्रिय झन्डासहित सडकमा उत्रिन राप्रपाको आह्वान

शुक्रबार, १९ मंसिर, २०८२
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीले यही मंसिर २३ गते काठमाडौंमा आयोजना हुने प्रदर्शनमा राष्ट्रिय झन्डासहित सहभागी हुन सर्वसाधारणलाई आग्रह गरेको छ। पत्रकार सम्मेलनमार्फत आन्दोलनका कमान्डर ज्ञानेन्द्र शाहीले पार्टीभन्दा माथि उठेर देश जोगाउने अभियानमा सहभागी हुन आह्वान गरे।

उनले भने, ‘आयोजक राप्रपा हो, तर राप्रपाको मात्रै झन्डा सहभागी गर्दैनौँ । राष्ट्रिय झन्डामा जो–जति साथीहरू हुनुहुन्छ, एकजुट भएर आउनुस् ।’

शाहीले जेन-जी आन्दोलन सडकमा सफल भए पनि सम्झौतामा कमजोर परेको टिप्पणी गर्दै प्रधानमन्त्री र गृहमन्त्रीले ७५ जनाको मृत्युबारे जवाफ दिनुपर्ने माग गरे।

संविधान संशोधनको माग गर्दै उनले प्रदेश खारेजी, हिन्दु राज्य, संवैधानिक राजा, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैरदलीय, भ्रष्टाचारीलाई आजीवन काराबास र जेन–जी आन्दोलनको हत्यारालाई कारबाहीको माग राखे ।

See More On

सुझावित समाचार