प्रभु बैंकलाई घाटामा पुर्याउन सहयोग गरेको आरोपमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पक्राउ गरेको छ। शाक्यलाई ललितपुरको जावलाखेल भनिमण्डलबाट बुधबार पक्राउ गरेको हो ।
उनीमाथि सिआइबीले बैंकिङ कसुर ऐनअनुसार म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। यसअघि सिआइबीले प्रभु बैंककै सिइओ अशोक शेरचनसहित तीनजनालाई पक्राउ गरिसकेको छ।