केशरमहलमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु, ट्राफिक प्रहरी घाइते

मंगलबार, १६ मंसिर, २०८२
डिजिटल संस्करण

काठमाडौंको केशरमहलमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ भने ट्राफिक प्रहरी घाइते भएका छन्। मंगलबार दिउँसो ३ः१० बजेको समयमा बा. प्र. ०१- ०३० च २३४८ नम्बरको नेटा इभी कार अनियन्त्रित भई दुर्घटना भएको हो। 

सो गाडीको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रुको उपचारका क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बताए। मृतकको सनाखत भएको छैन। कारको ठक्करबाट दरबारमार्ग ट्राफिक प्रभागमा कार्यरत प्रहरी हवल्दार परशुराम ठाकुर पनि घाइते भएका छन्। उनको खुट्टा र छातीमा चोट लागेको छ। 

कारका चालक ६६ वर्षीय सुरेशराज कालिकालाई पक्राउ गरी अनुसन्धान भइरहेको एसपी सुवेदीले बताए। 

सुझावित समाचार